Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

नाइरोबी फ्लाइ किराको आतंक जस्को टोकाईले छालामा यस्तो असर पर्न सक्छ

२७ असार २०८१ ०९:३९

काठमान्डौ ,  वर्षायाम लागे सँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा  उक्त किराले टोकेपछी  त्यो किराबाट एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी गराउछ। पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले घाउ बिग्रिन सक्छ।

यस किरा बाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छ:

१. किरालाई हातले नछुने : यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस। २. सुरक्षात्मक लुगा लगाउनुहोस्स लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ। ३. झुलक प्रयोग गर्नुहोस्: रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ। ४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस् झ्याल र ढोकामा जाली राख्नाले किराहरु भित्र पस्नबाट रोक्न सक्छ। ५. बाहिरी बत्ती घटाउनुहोस: किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ। ६. सफा वातावरण राख्नुहोस्: आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ। #के #गर्ने? :- छालालाई तुरुन्तै धुनुहोस । यदि तपाईंको छालामा त्यस्ता किराहरु छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धिनुहोस्। साधारण भेसलिन लगाउनुहो। सकेसम्म छिटो चिकित्सकीय सहायता लिनुहोस्। यदि तपाईंलाई गम्भीर छालामा जलन वा जल्ने समस्या भएको छ भने,डाक्टरहरुको सल्लाह लिनुहोला