Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

नाइरोबी फ्लाइ किराको आतंक जस्को टोकाईले छालामा यस्तो असर पर्न सक्छ

२७ असार २०८१ ०९:३९

काठमान्डौ ,  वर्षायाम लागे सँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा  उक्त किराले टोकेपछी  त्यो किराबाट एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी गराउछ। पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले घाउ बिग्रिन सक्छ।

यस किरा बाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छ:

१. किरालाई हातले नछुने : यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस। २. सुरक्षात्मक लुगा लगाउनुहोस्स लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ। ३. झुलक प्रयोग गर्नुहोस्: रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ। ४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस् झ्याल र ढोकामा जाली राख्नाले किराहरु भित्र पस्नबाट रोक्न सक्छ। ५. बाहिरी बत्ती घटाउनुहोस: किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ। ६. सफा वातावरण राख्नुहोस्: आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ। #के #गर्ने? :- छालालाई तुरुन्तै धुनुहोस । यदि तपाईंको छालामा त्यस्ता किराहरु छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धिनुहोस्। साधारण भेसलिन लगाउनुहो। सकेसम्म छिटो चिकित्सकीय सहायता लिनुहोस्। यदि तपाईंलाई गम्भीर छालामा जलन वा जल्ने समस्या भएको छ भने,डाक्टरहरुको सल्लाह लिनुहोला