Trending
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा २१ बर्षकी सुत्केरीको मृत्यु     |     स्वास्थ्य बिमा अभिमुखीकरण कार्यक्रम प्युठानमा     |     आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य     |     ललितपुर महानगरपालिका पूर्णखोप घोषणा     |     औषधिको मूल्य नीति सुझाव समितिले बुझाएको प्रतिवेदनलाई पुनरावलोकन गर्ने     |     सुर्ती सेवनले यौन दुर्बलता बढाउने     |     करोडौ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको निर्णयले चिकित्सा क्षेत्र तरंगित     |     इँटा भट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमा भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’     |     नेत्रज्योति सङ्घद्वारा विदेशमा सेवा विस्तार     |     राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा मन्त्री प्रदीप पौडेलको सम्बोधन, डिजिटल स्वास्थ्यबारे विमर्श     |    
स्वास्थ्य समाचार

अफ्रिकामा फैलेको मंकीपक्स कस्तो रोग हो त ?

३१ श्रावण २०८१ ०९:२०

काठमान्डौ, अफ्रिकाका केही भागमा मंकीपक्स फैलिसकेको छ । अफ्रिकाकको कंगोबाट रोगको सुरुवात भएको थियो। हालसम्म ४५० भन्दा बढीको  ज्यान गइसकेको बताइएको छ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा मन्कीपक्स (एमपक्स) को वृद्धिलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने  निर्णय गर्न बुधबार विज्ञहरूको बैठक  समेत गरेको थियो।

कङ्गोमा व्यापक फैलिएको छ, जहाँ पहिले मन्कीपक्स भनिने भाइरस पहिलो पटक सन् १९७० मा मानिसमा फेला परेको थियो । त्यहीबाट अन्य देशहरूमा   समेत फैलिसकेको छ ।

२०२४ मा कङ्गोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केसहरू र ५०० भन्दा बढीको   मृत्यु भएको जनाएको छ ।

मंकीपक्स

मंकीपक्स सन १९५८ मा बाँदर प्रजातिमा पहिलो पटक देखिएको थियो। यो हेर्दा बिफर , ठेउला जस्तो देखिने रोग हो। यो मंकीपक्स भन्ने भाइरस ले गराउँछ। यो अफ्रिकी मुलुकमा १९७० देखि नै देखिराखेको भाइरस हो।  त्यो बेलादेखि २०१७ सम्म सोही मुलुकहरुमा पटक पटक  देखिने  गर्दथ्यो   । सन् २००३ मा मात्र यो पहिलो पटक आफ्रिकी मुलुक बाहिर अमेरिकामा देखियो।

मुसा, बाँदर, गिल्हरी जस्ता जनावरहरुमा यो भाइरस बस्ने गर्दछ र यी जनावरहरुको  सम्पर्कमा आउँदा यो रोग सर्न सक्छ। श्वासप्रश्वास, संक्रमित छालाको सम्पर्कले  मानिसदेखि मानिसमा पनि यो रोग सर्नदछ। त्यसैगरी  गर्भवती आमादेखि बच्चामा पनि सर्न सक्छ।

स‌ंक्रमण भएको  ५ देखी २१ दिन सम्ममा लक्षण देखिन सक्छ। पहिले  काम ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, घाँटी, काखीहरुमा गिर्खा आउने हुन्छ। त्यसपछि छालामा विभिन्न प्रकारका बिबिराहरु आउने हुन्छ। जुन पहिला मुखबाट सुरु भएर बिस्तारै शरीर भरि, हत्केला र पैताला, गोप्य अङग, मुखभित्र र आखाभित्र पनि फैलिन्छ। डाबरको प्रकार हेर्ने हो भने पहिला रातो रातो हुन्छ अनि घमौरा जस्तो उठेको हुन्छ।