Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
विचार

सहुलियत उपचार सुविधा एकीकृत रूपमा बीमामार्फत उपलब्ध हुने तयारी

७ श्रावण २०८२ २१:२८

काठमाडौं, साउन ७ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अबदेखि सरकारले दिने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत नै उपलब्ध गराउने प्रक्रिया सुरु गरेका छन्। यसका लागि उनले एक विज्ञ समिति गठन गरी सात दिनभित्र सुझाव पेश गर्न निर्देशन दिएका छन्।

मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “सरकारबाट प्रदान हुने विपन्न नागरिक उपचार सहायतासहितका सहुलियत स्वास्थ्य बीमा कार्यक्रममार्फत नै उपलब्ध गराउन नीतिगत सुधार गर्ने पूर्व प्रतिबद्धता अनुसार कार्यान्वयन प्रक्रिया आरम्भ गरेका छौं।”

यसअघि सरकारद्वारा घोषणा गरिएको आठ जटिल रोगको उपचार सहायता दोब्बर गरिने नीति कार्यान्वयनमा आइसकेको छ। यसले मुटु, मिर्गौला, क्यान्सर लगायतका रोगीलाई राहत दिने अपेक्षा गरिएको छ।स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्ले भन्छन्, “बीमा कार्यक्रममार्फत सेवा एकीकृत हुँदा आम्दानी पनि बढ्नेछ, जसले सेवा विस्तार सहज बनाउनेछ।”

त्यस्तै, मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, “बक्यौता शून्य पार्ने सरकारी योजना कार्यान्वयन भएपछि बीमा भुक्तानीमा देखिएको समस्याको समाधान हुनेछ।”

मन्त्री पौडेलले आफ्नो एक वर्षे कार्यकालको समिक्षा गर्दै स्वास्थ्य बीमाको नीतिगत र कार्यगत सुधारलाई प्राथमिकता दिने बताएका छन्। उनका अनुसार, यस किसिमका सुधारले सामान्य नागरिकका लागि स्वास्थ्य सेवा पहुँचयोग्य र भरपर्दो बनाउनेछ।