Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
विचार

सहुलियत उपचार सुविधा एकीकृत रूपमा बीमामार्फत उपलब्ध हुने तयारी

७ श्रावण २०८२ २१:२८

काठमाडौं, साउन ७ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अबदेखि सरकारले दिने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत नै उपलब्ध गराउने प्रक्रिया सुरु गरेका छन्। यसका लागि उनले एक विज्ञ समिति गठन गरी सात दिनभित्र सुझाव पेश गर्न निर्देशन दिएका छन्।

मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “सरकारबाट प्रदान हुने विपन्न नागरिक उपचार सहायतासहितका सहुलियत स्वास्थ्य बीमा कार्यक्रममार्फत नै उपलब्ध गराउन नीतिगत सुधार गर्ने पूर्व प्रतिबद्धता अनुसार कार्यान्वयन प्रक्रिया आरम्भ गरेका छौं।”

यसअघि सरकारद्वारा घोषणा गरिएको आठ जटिल रोगको उपचार सहायता दोब्बर गरिने नीति कार्यान्वयनमा आइसकेको छ। यसले मुटु, मिर्गौला, क्यान्सर लगायतका रोगीलाई राहत दिने अपेक्षा गरिएको छ।स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्ले भन्छन्, “बीमा कार्यक्रममार्फत सेवा एकीकृत हुँदा आम्दानी पनि बढ्नेछ, जसले सेवा विस्तार सहज बनाउनेछ।”

त्यस्तै, मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, “बक्यौता शून्य पार्ने सरकारी योजना कार्यान्वयन भएपछि बीमा भुक्तानीमा देखिएको समस्याको समाधान हुनेछ।”

मन्त्री पौडेलले आफ्नो एक वर्षे कार्यकालको समिक्षा गर्दै स्वास्थ्य बीमाको नीतिगत र कार्यगत सुधारलाई प्राथमिकता दिने बताएका छन्। उनका अनुसार, यस किसिमका सुधारले सामान्य नागरिकका लागि स्वास्थ्य सेवा पहुँचयोग्य र भरपर्दो बनाउनेछ।