Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
विशेषज्ञ बाट

विश्वको नै क्यान्सर रोग उपचारको मापदण्ड बनाउने समूहको सदस्यमा डा.शाही नियुक्त

१० जेष्ठ २०८१ १४:२१

काठमाडौँ, १० जेठ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को)को गाइडलाइन सल्लाहकार समूह कमिटीको सदस्यमा मनोनित भएका छन् ।

एस्कोले आफूलाई आगामी चार वर्षका लागि उक्त समूहको सदस्य पदमा मनोनित गरेको उनले जानकारी गराए । उक्त संंस्थाले क्यान्सर उपचार सम्वन्धी मापदण्ड बनाउने गर्दछ ।
सल्लाहकार समूहले क्यान्सरको उपचारका लागि मापदण्ड बनाउने काम गर्दछ ।
सल्लाहाकार समूहमा मनोनित भएका क्यान्सर रोग विशेषज्ञ डा.शाही बैठकमा भाग लिन आगामी बुधबार अमेरिका जाने भएका छन् ।