Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
विशेषज्ञ बाट

स्वास्थ्य सेवा सधैँ जनमुखी हुनुपर्छः आँखा विशेषज्ञ डा सन्दुक रुइत

२४ भाद्र २०८१ ०८:५२

जुम्ला, २४ भदौः विश्व प्रसिद्ध आँखा विशेषज्ञ डा सन्दुक रुइतले सेवा सधैँ जनमुखी हुनुपर्ने बताएका छन् । आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्र रोग विभागको उद्घाटन गर्नुहुँदै उनले यस्तो बताएका हुन् ।

डा रुइतले प्रतिष्ठानमा आँखा विभाग स्थापना हुनु कर्णालीवासीका लागि खुसीको विषय भएको भन्नुहुँदै यसले मोतियाविन्दुको शल्यक्रियाका लागि वर्षौंसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे । “दुईजना आँखा चिकित्सकले प्रतिष्ठानबाट नियमित सेवा दिने छन् । अबको एक वर्षपछि कर्णालीका दुई हजार जनाको मोतियाविन्दुुको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान तयार हुनुपर्छ । यसले यहाँका सीमान्तकृत समुदायका व्यक्ति र ग्रामीण गाउँबस्तीका नागरिकको निकै लाभान्वित हुनेछन्”, उनले भने,“कर्णालीका दूरदराजसम्म मोतियाविन्दुुको सेवा विस्तार गर्नेका लागि चाहिने स्रोत साधनको सहयोग म सधैँ तयार छु, यसमा सबैको उत्तिकै सहयोगको खाँचो छ ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले तिलगङ्गा आँखा अस्पताल र फ्रेड हलोज अस्ट्रेलिजले केही सामग्री सहयोग गरेपछि प्रतिष्ठानमा नेत्र रोग विभाग स्थापना गर्न सकिएको बताए । “अब जुम्लामै मोतियाविन्दुुको नियमित शल्यक्रिया र निरन्तर सेवा प्रदान हुनेछ । यसबाट दुर्गम गाउँका नागरिकले लाखौँ खर्चेर आँखाको उपचार गर्नुपर्ने दिनको अन्त्य हुनेछ”, उनको भनाइ थियो ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आँखाको बहिरङ्गबाट मात्रै उपचार हुँदा सामान्य समस्या आउँदा ‘रेफर’ गरेर बाहिर पठाउनुपर्ने बाध्यता सधैँका लागि हटेको बताए । मोतियाविन्दुको जटिल शल्यक्रियासमेत अब जुम्लामै हुने प्रतिष्ठानले जनाएको छ । यहाँका स्थानीय तहमा सञ्चालन भएको आँखा शिविरबाट छनौट भएका ४० जनाकोे मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको महतले जानकारी दिए ।