Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
आयुर्वेद

योगमाण्डु योगमा हाँसो योग

१४ जेष्ठ २०८१ १४:३७

 

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको योग ध्यान सेवा केन्द्र योगमाण्डुले ‘योगमाण्डु योगमा हाँसो योग’ कार्यशाला सञ्चालन गरेको छ ।

गतिशील मानव जीवनमा हाँसोको महत्वबारे जानकारी दिन र अभ्यस्त गराउन सञ्चालन गरिएको कार्यशालाको सञ्चालन हाँसो योग विशेषज्ञ पूजा मित्तलले गरेकी थिइन् ।

लाफ्टर थेरापीले डिप्रेसन, एन्जाइटी र तनाव सम्बन्धी समस्याहरूको समाधान गर्ने उद्देश्यले सञ्चालन गरिएको योग कार्यशालामा ३० जनाको सहभागिता थियो ।

सहभागीलाई उनीहरूले हाँस्ने अभ्यास गर्नुपर्ने अवस्थाहरू दिइयो । कार्यशाला गहिरो ध्यान सत्रसँग समापन भएको छ ।

मितेरी मार्ग, मध्यबानेश्वर, काठमाडौंमा अवस्थित योगमाण्डु योग अन्तर्राष्ट्रिय प्रमाणीकरण योग शिक्षक तालिम पाठ्यक्रम, नियमित योग, कर्पोरेट योग, बाल योग, घरमै योग, गायन कटोरा र ध्वनि उपचार तालिम जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।

स्वस्थ, निरोगी, दीर्घजीवी बन्ने सरल र प्राकृतिक विधि हो योग । न हामी उपचार गरेर निरोगी हुन्छौं, न औषधि सेवन गरेर नै । यद्यपि स्वस्थ खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउन सकेमा योगले हामीलाई निरोगी त बनाउँछ नै, जवान ऊर्जावान साथै दीर्घजीवन समेत प्रदान गर्दछ । दैनिक योगका आसन र प्रणायम गर्नाले शरीरका सबै जोर्नीहरु खुल्ने भएकाले मानिसलाई निरोगी हुन मद्दत गर्ने योगमाण्डुको दाबी छ ।