Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
आयुर्वेद

योगमाण्डु योगमा हाँसो योग

१४ जेष्ठ २०८१ १४:३७

 

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको योग ध्यान सेवा केन्द्र योगमाण्डुले ‘योगमाण्डु योगमा हाँसो योग’ कार्यशाला सञ्चालन गरेको छ ।

गतिशील मानव जीवनमा हाँसोको महत्वबारे जानकारी दिन र अभ्यस्त गराउन सञ्चालन गरिएको कार्यशालाको सञ्चालन हाँसो योग विशेषज्ञ पूजा मित्तलले गरेकी थिइन् ।

लाफ्टर थेरापीले डिप्रेसन, एन्जाइटी र तनाव सम्बन्धी समस्याहरूको समाधान गर्ने उद्देश्यले सञ्चालन गरिएको योग कार्यशालामा ३० जनाको सहभागिता थियो ।

सहभागीलाई उनीहरूले हाँस्ने अभ्यास गर्नुपर्ने अवस्थाहरू दिइयो । कार्यशाला गहिरो ध्यान सत्रसँग समापन भएको छ ।

मितेरी मार्ग, मध्यबानेश्वर, काठमाडौंमा अवस्थित योगमाण्डु योग अन्तर्राष्ट्रिय प्रमाणीकरण योग शिक्षक तालिम पाठ्यक्रम, नियमित योग, कर्पोरेट योग, बाल योग, घरमै योग, गायन कटोरा र ध्वनि उपचार तालिम जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।

स्वस्थ, निरोगी, दीर्घजीवी बन्ने सरल र प्राकृतिक विधि हो योग । न हामी उपचार गरेर निरोगी हुन्छौं, न औषधि सेवन गरेर नै । यद्यपि स्वस्थ खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउन सकेमा योगले हामीलाई निरोगी त बनाउँछ नै, जवान ऊर्जावान साथै दीर्घजीवन समेत प्रदान गर्दछ । दैनिक योगका आसन र प्रणायम गर्नाले शरीरका सबै जोर्नीहरु खुल्ने भएकाले मानिसलाई निरोगी हुन मद्दत गर्ने योगमाण्डुको दाबी छ ।