Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
आयुर्वेद

ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष कार्यक्रम

३ बैशाख २०८२ १०:०४

रामेछाप । धुलो धुवाँमा उभिएर रातदिन ड्युटी गर्ने प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरणका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले विशेष कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा बुधवारबाट कार्यक्रम सुरु भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापकी प्रमुख डा. पुनम नेपालले जानकारी दिइन् ।

कार्यक्रम अन्तर्गत प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्ने श्वासप्रश्वास सम्बन्धी विभिन्न योग कर्मको अभ्यास गराइने उनले जानकारी दिइन् । त्यस्तै लामो समयसम्म उभिँदा ढाड, कम्मर र गोडामा आउने स्वास्थ्य समस्या समाधानका लागि विभिन्न योग गराइने उनले बताइन् । ‘आयुर्वेदको महत्त्वपूर्ण नस्यकर्म नाकमा औषधी हाल्ने प्रक्रिया गराउँछौँ, नाक र श्वासप्रश्वासको समस्या समाधानको लागि नेतीकर्म पनि गराउँछौँ’, उनले भनिन् ।

सो अभ्यासमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंह, प्रहरी निरीक्षक लगायत अधिकृत तथा लामो समय ड्युटी गर्ने ट्राफिक प्रहरीहरू लगायतका सहभागिता रहेको छ । नसर्ने रोगका लागि आयुर्वेदिक उपचार पद्धति निक्कै प्रभावकारी हुने बताउँदै रामेछापका प्रहरी प्रमुख सिंहले यसले ड्युटी गर्ने प्रहरीको क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।