Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
आयुर्वेद

ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष कार्यक्रम

३ बैशाख २०८२ १०:०४

रामेछाप । धुलो धुवाँमा उभिएर रातदिन ड्युटी गर्ने प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरणका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले विशेष कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा बुधवारबाट कार्यक्रम सुरु भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापकी प्रमुख डा. पुनम नेपालले जानकारी दिइन् ।

कार्यक्रम अन्तर्गत प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्ने श्वासप्रश्वास सम्बन्धी विभिन्न योग कर्मको अभ्यास गराइने उनले जानकारी दिइन् । त्यस्तै लामो समयसम्म उभिँदा ढाड, कम्मर र गोडामा आउने स्वास्थ्य समस्या समाधानका लागि विभिन्न योग गराइने उनले बताइन् । ‘आयुर्वेदको महत्त्वपूर्ण नस्यकर्म नाकमा औषधी हाल्ने प्रक्रिया गराउँछौँ, नाक र श्वासप्रश्वासको समस्या समाधानको लागि नेतीकर्म पनि गराउँछौँ’, उनले भनिन् ।

सो अभ्यासमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंह, प्रहरी निरीक्षक लगायत अधिकृत तथा लामो समय ड्युटी गर्ने ट्राफिक प्रहरीहरू लगायतका सहभागिता रहेको छ । नसर्ने रोगका लागि आयुर्वेदिक उपचार पद्धति निक्कै प्रभावकारी हुने बताउँदै रामेछापका प्रहरी प्रमुख सिंहले यसले ड्युटी गर्ने प्रहरीको क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।