Trending
तीन दिन भित्र काजफिर्ता र सरुवा कार्यान्वयन गर्न मातहतका निकायलाई स्वास्थ्य मन्त्रालय को निर्देशन     |     चिकित्सक विनय र अधिबक्ता मुक्ताको युगल गीत ‘सहीछाप’ सार्वजनिक     |     नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गरिन्छ -मन्त्री पौडेल     |     कानुन ब्यवसायीहरु लाई मानसिक स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम     |     सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध हुनु पर्छ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल     |     नेशनल बाथरोग सेन्टरको १२औँ वार्षिकोत्सव, लाखौं बाथरोगीको सफल उपचार     |     भरतपुर र गेटा अस्पतालमा एमबीबीएस सुरु गर्न ५ करोड विनियोजन गरीएको छ     |     राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको भबन निर्माणका लागि ९० करोड बजेट     |     विष्णुदेवी अस्पताल कीर्तिपुरमा २४ घण्टा सेवा सुरु     |     मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र उद्घाटन     |    
आयुर्वेद

देशभर अवैध लागूऔषधको जालो, १५ जना पक्राउ

२७ जेष्ठ २०८१ २०:५२

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ किलो ८ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका–४ बस्ने ४६ वर्षीय मुकुन्द खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट दमौलीतर्फ जाँदै गरेको ना.४ ख ५७३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३१ मिलिग्रामसहित स्कुटर चालक सुनसरी ईटहरी उपमहानगरपालिका–२० बस्ने २७ वर्षीय राज श्रेष्ठ र स्कुटरमा सवार सोही उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय सुनिल कार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको
प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५४ प ७४८९ नम्बरको स्कुटरमा
सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका–५ गेटाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय हेमन्त कार्कीलाई शनिबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले
पैदलयात्री उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका–९ हरनामपुरस्थित सडकबाट अवैध लागूऔषध
खैरो रङको लागूऔषध जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्रामसहित सोही
नगरपालिका–९ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो

यसैगरी कपिलवस्तु, बुद्धभूमि नगरपालिका–२ बड्रहरास्थित सडकबाट अवैध लागूऔषध
ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्रामसहित वाणगङ्गा नगरपालिका–८ बस्ने
३४ वर्षीय केशव बलाल समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका
प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले लु.९६ प ६३२६ नम्बरको स्कुटर जाँच गर्ने
क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका–१८ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानघोपास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित सोही
उपमहानगरपालिका बस्ने ४१ वर्षीय सुरज थापा मगर र सोही उपमहानगरपालिका–११ बस्ने
३५ वर्षीय संजिव राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट
घोपाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका–७ मनहरी खोला बगरस्थित सडकबाट अवैध लागूऔषध गाँजा २ किलो ७ सय ग्रामसहित पैदलयात्री बारा जितपुर सिमरा उपमहानगरपालिका–८ रमौली बस्ने ४२ वर्षीय नागेन्द्र महत्तोलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पैदलयात्री उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सुर्खेत, विरेन्द्रनगर नगरपालिका–११ झूप्राखोलास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित लेकवेशी नगरपालिका–१० बस्ने २७ वर्षीय अर्जुन जंग शाहीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको
हो ।
यता, पर्सा, वीरगंज महानगरपालिका–१६ त्रिशुलचोकस्थित सडकबाट अवैध लागूऔषध खैरो
हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ७ सय ४० मिलिग्रामसहित फेटा गाउँपालिका–७
बस्ने २० वर्षीय अजय कुमार बैठा समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको प्रहरीले बिआर ०५
एवाई ७२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार
उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका–१ बल्क नम्बर १८ बस्ने १८ वर्षीय किशोरलाई अवैध
लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्रामसहित उनकै कोठाबाट
शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले
उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।