Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

यस्ता छन आ.ब ०८२।०८३ का लागि सरकारले लिएका स्वास्थ्य सम्बन्धि निति तथा कार्यक्रम

१९ बैशाख २०८२ २१:३७

काठमाडौ बैशाख १९ , सरकारको सरकारको आर्थिक वर्ष २०८२/०८३ निति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको निति तथा कार्यक्रम आज सार्वजनिक गरेका छन ।

 

१.मस्तिष्क, मेरुदण्ड, मानसिक रोगको उपचारका लागि काठमाडौं अत्याधुनीक न्यूरो साइसेन्स केन्द्र स्थापना   गम्भिर रोगको उपचार स्वास्थ्य विमाबाट गरिने ।

२. क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचारको सेवा  प्रदेशस्तरमा विस्तार गरिनेछ । पाठेघर क्यान्सरको एच.पी.भी. खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराइनेछ । मस्तिष्क, मेरुदण्ड, मानसिक र स्नायु रोग उपचारका लागि काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिनेछ।

३. १४ वर्ष मुनीका बालबालिकालाई निशुल्क क्यान्सर उपचार सेवा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभि खोप निशुल्क गरीने ।

४.निरोगि नेपाल अभियान अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुबै बिधि अपनाई चिकित्सा प्रणालिको बिकास गरिने । सबै नागरिक लाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याईनेछ ।

५. स्वास्थ्य जनशक्तिको ब्यवस्थापन र गुणस्तरिय सेवा का लागि संघिय स्वास्थ्य सेवा ऐन स्वास्थ्य सेवाको गुणस्तरिय नियमनका लागी रास्ट्रिय गुणस्तर प्राधिकरण ऐन तर्जुमा गरिनेछ ।

६. सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग उपचार सेवा बिस्तार गरिनेछ । दुर्गम क्षेत्रमा बिसेषग्य सेवा बिस्तार । हरेक बर्ष फाल्गुन महिनालाई नसर्ने रोग स्क्रिनिङ कार्यक्रम ।

७.मा प्रणालीमाथिको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधीहरू बीमा प्रणालीमा जोडिनेछ । छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गरी स्रोतको अभावलाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष लगायत सबै स्वास्थ्य सेवा र उपचार सुविधा दिने संस्थाहरूको सेवा प्रभावकारी बनाइनेछ ।

९.सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने गरी नागरिक एपलाई सुधार गरिनेछ । आधारभूत तथा अत्यावश्यक औषधीहरूको उत्पादन प्रवर्धन गरिनेछ । औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी एकीकृत ऐन तर्जुमा गरिनेछ।

१०.सङ्क्रामक रोगको रोकथाम र महामारीको प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणालीलाई सुदृढ गरिनेछ । जलवायु परिवर्तनका स्वास्थ्य चुनौतीहरूको समाधानका लागि क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट विकास गरिनेछ ।

११.जनसङ्ख्या वृद्धि दरलाई पुनर्स्थापना दरभन्दा कम हुन नदिने गरी जनसङ्ख्या नीति तर्जुमा गरिनेछ । स्वास्थ्य र  जनसाङ्ख्यिक दर्ता प्रणालीलाई एकीकृत स्वास्थ्य सूचना  प्रणालीसँग आवद्ध गरिनेछ।