Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
समाचार

यस्ता छन आ.ब ०८२।०८३ का लागि सरकारले लिएका स्वास्थ्य सम्बन्धि निति तथा कार्यक्रम

१९ बैशाख २०८२ २१:३७

काठमाडौ बैशाख १९ , सरकारको सरकारको आर्थिक वर्ष २०८२/०८३ निति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको निति तथा कार्यक्रम आज सार्वजनिक गरेका छन ।

 

१.मस्तिष्क, मेरुदण्ड, मानसिक रोगको उपचारका लागि काठमाडौं अत्याधुनीक न्यूरो साइसेन्स केन्द्र स्थापना   गम्भिर रोगको उपचार स्वास्थ्य विमाबाट गरिने ।

२. क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचारको सेवा  प्रदेशस्तरमा विस्तार गरिनेछ । पाठेघर क्यान्सरको एच.पी.भी. खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराइनेछ । मस्तिष्क, मेरुदण्ड, मानसिक र स्नायु रोग उपचारका लागि काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिनेछ।

३. १४ वर्ष मुनीका बालबालिकालाई निशुल्क क्यान्सर उपचार सेवा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभि खोप निशुल्क गरीने ।

४.निरोगि नेपाल अभियान अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुबै बिधि अपनाई चिकित्सा प्रणालिको बिकास गरिने । सबै नागरिक लाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याईनेछ ।

५. स्वास्थ्य जनशक्तिको ब्यवस्थापन र गुणस्तरिय सेवा का लागि संघिय स्वास्थ्य सेवा ऐन स्वास्थ्य सेवाको गुणस्तरिय नियमनका लागी रास्ट्रिय गुणस्तर प्राधिकरण ऐन तर्जुमा गरिनेछ ।

६. सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग उपचार सेवा बिस्तार गरिनेछ । दुर्गम क्षेत्रमा बिसेषग्य सेवा बिस्तार । हरेक बर्ष फाल्गुन महिनालाई नसर्ने रोग स्क्रिनिङ कार्यक्रम ।

७.मा प्रणालीमाथिको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधीहरू बीमा प्रणालीमा जोडिनेछ । छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गरी स्रोतको अभावलाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष लगायत सबै स्वास्थ्य सेवा र उपचार सुविधा दिने संस्थाहरूको सेवा प्रभावकारी बनाइनेछ ।

९.सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने गरी नागरिक एपलाई सुधार गरिनेछ । आधारभूत तथा अत्यावश्यक औषधीहरूको उत्पादन प्रवर्धन गरिनेछ । औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी एकीकृत ऐन तर्जुमा गरिनेछ।

१०.सङ्क्रामक रोगको रोकथाम र महामारीको प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणालीलाई सुदृढ गरिनेछ । जलवायु परिवर्तनका स्वास्थ्य चुनौतीहरूको समाधानका लागि क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट विकास गरिनेछ ।

११.जनसङ्ख्या वृद्धि दरलाई पुनर्स्थापना दरभन्दा कम हुन नदिने गरी जनसङ्ख्या नीति तर्जुमा गरिनेछ । स्वास्थ्य र  जनसाङ्ख्यिक दर्ता प्रणालीलाई एकीकृत स्वास्थ्य सूचना  प्रणालीसँग आवद्ध गरिनेछ।