Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

नेपाल मेडिकल कलेजमा इन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट निकालियाे मिर्गाैलाकाे पत्थरी

९ जेष्ठ २०८२ १८:५१

काठमाडौं- नेपाल मेडिकल कलेजमा २३ वर्षीय बिरामीको एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी (ईसीआईआरएस) बाट मिर्गौलाको पत्थरी निकालिएको छ । कलेजको युरो सर्जरी विभागले लोप्साङ पाल्देनको बाँया तर्फको मिर्गौलाको पत्थरी निकाल्न एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी सफलतापूर्वक गरेको हो।

उनी तीनसाता अघि मिर्गौलामा गम्भिर समस्या देखा परेपछि नेपाल मेडिकल कलेजमा उपचारका लागि आएका थिए । उनलाई करिब २ महिनादेखि पिसाब पोल्ने समस्या थियो । युरोलोजी विभागका कन्सल्टेन्ट डा. निरज सुवेदी तथा कन्सल्टेन्ट युरोलोजिस्ट, किड्नी ट्रान्सप्लान्स सर्जन डा. बेश अन्सारी लगायतको टीमले (ईसीआईआरएस) बाट मिर्गौलाको सफलतापूर्वक शल्यक्रिया गरेका थिए। उनको बाँया मिर्गौलाको पेल्भिसमा ६.९ एमएमको पत्थरी थियो । ल्याप्रोस्कोपी विधिबाट गरिएको शल्यक्रियामा मिर्गौलामा रहेका पत्थरीहरुलाई फुटाएर निकालिएको डा. वेश अन्सारीले बताए । ‘उहाँको बाँया मिर्गौलाको पेल्भिसमा ६.९ सेन्टिमिटरको पत्थरी रहेकोमा त्यसलाई निकाल्न एउटै शल्यक्रियाबाट निकाल्न संभव नदेखेपछि हामीले एकै पटक मुत्रनली र पेटको बाँया भागमा प्वाल पारेर पत्थरी निकालेका हौं,’ डा. अन्सारीले भने।

के हो (ईसीआईआरएस) पद्धति
यो एक न्यूनतम आक्रमक शल्यक्रिया प्रविधि हो जुन मुख्यतया ठूला वा जटिल मिर्गौलाको पत्थरी (जसलाई नेफ्रोलिथियासिस पनि भनिन्छ) को उपचार गर्न प्रयोग गरिन्छ । एक स्थानबाट (मुत्रनली वा कम्मर) मा प्वाल पारेर मिर्गौलाको पत्थरी निकाल्न नसक्दा दुवै स्थानबाट एन्डोस्कोपिक विधिबाट पत्थरी निकाल्ने गरिन्छ।

यस प्रकारको शल्यक्रियामा सर्जनले एकै पटक दुवै प्रक्रियाहरु अपनाएर मिर्गौलाको पत्थरी निकाल्ने गर्दछन् । ईसीआईआरएस पद्धति खासगरी ठूला पत्थरीहरु निकाल्न गरिने डा. अन्सारी बताउँछन् । ‘सामान्य मिर्गौलाको पत्थरी मुत्रनली वा शरीरको एक स्थानमा प्वाल पारेर गरिन्छ । तर, ठूला र असमान्य अवस्थाको पत्थरी छ भने त्यसलाई (ईसीआईआरएस) पद्दतिबाट निकालिन्छ ।’
ईसीआईआरएस पद्धति गरिएको शल्यक्रियाले मिर्गौलामा रहेका जस्तोसुकै पत्थरी सहजै निकाल्न सहयोग पुग्ने गर्दछ । यसबाट बिरामीलाई कम पिडा हुने, ठूलो घाउ बनाएर शल्यक्रिया गर्नु नपर्ने, शल्यक्रिया गरेका केही दिनमै घर जान सकिने, रक्तश्राव तथा संक्रमण कम हुने र बिरामी चाँडै निको हुन्छन्।

नेपाल मेडिकल कलेजमा इन्डोस्कोपीक प्रविधिमा मिर्गौला तथा मुत्राशयको पत्थरी निकाल्ने, प्रोस्टेटको अप्रेसन, पाठेघरको अप्रेसन लगायतका शल्यक्रियाहरु हुने गरेका छन्।