Trending
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १५ शैयाको इमर्जेन्सि उद्घघाटन     |     प्रधानमन्त्रि ओलि द्वारा ईलामको माई नगरपालिकाको नगर अस्पताल उद्वाघाटन     |     नेपालमा औलो रोगको जोखीम बढ्दै     |     काठमाडौं क्यान्सर सेन्टरमा हाइपरथर्मिक इन्ट्रापेरिटोनियल केमोथेरापी (हाइपेक) सर्जरी     |     औषधि लिमिटेडलाई आधारभूत औषधि उत्पादन केन्द्रका रूपमा विकास गर्न संसदीय समितिको निर्देशन     |     अब सबै संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने     |     स्वास्थ्य क्षेत्रका विभिन्न पेशागत संघ–संस्थाहरूको असन्तुष्टि बिसयमा स्वास्थ्य मन्त्रालयमा छलफल     |     भक्तपुर सुर्यबिनायकमा नगर अस्पताल ५० शैयामा बिस्तार     |     सरकार र चिकित्सक बीच तीन बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता     |     अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने     |    
फर्मा

औषधि लिमिटेडलाई आधारभूत औषधि उत्पादन केन्द्रका रूपमा विकास गर्न संसदीय समितिको निर्देशन

२८ असार २०८२ ११:५७

काठमाडौँ, असार । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई व्यावसायिक बनाउँदै पूर्ण क्षमतामा सञ्चालन र राज्यको आधारभूत औषधि उत्पादनको प्रमुख एकाइका रूपमा विकास गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले सो कम्पनीलाई उत्पादन अभिवृद्धि तथा व्यवसाय विस्तारसम्बन्धी वित्तीय आवश्यकताको परिपूर्ति गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले तीनै तहका सरकारी निकायबाट हुने औषधि खरिदमा सो कम्पनीका उत्पादनलाई प्राथमिकतामा राखी खरिद गर्न, आवश्यक नीतिगत व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या र अर्थ मन्त्रालयलाई निर्देशित गरेको छ ।

समितिले औषधि लिमिटेडको संस्थागत क्षमता सुदृढीकरणका लागि सक्षम तथा दक्ष जनशक्ति व्यवस्थापन र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुपको औषधि उत्पादनमा जोड दिन आग्रह गरेको छ । बैठकले सङ्घीयताअनुकूल सेवा प्रवाह विस्तार गर्न दीर्घकालीन रणनीतिक योजना बनाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन स्वास्थ्य मन्त्रालय र लिमिटेडलाई निर्देशन दिएको छ ।

बैठकले सरकारबाट निर्धारित आधारभूत अत्यावश्यकीय औषधिमध्ये औषधि लिमिटेडबाट उत्पादन भएका औषधि सरकारीस्तरमा खरिद गर्ने उचित प्रबन्ध गर्न स्वास्थ मन्त्रालयसँग आग्रह गरेको छ ।

समितिले त्रिभुवन विश्वविद्यालयको छात्रावासमा खानेपानी तथा खाद्यवस्तुमा स्वास्थ्य तथा सरसफाइका आधारभूत मापदण्ड कार्यान्वयन गर्दै गुणस्तरीय खानेपानी, खाद्यान्न र लैङ्गिक संवेदनशील भौतिक पूर्वाधारको निर्माण गर्न विश्वविद्यालय प्रशासनलाई निर्देशन दिएको छ । बैठकले गुनासो सुनुवाइको यथाशीघ्र सुनिश्चितता गर्न, आन्तरिक निरीक्षण संयन्त्रको व्यवस्था गर्न सचेत गराएको छ ।

आजको बैठकमा यही असार १९ गते औषधि लिमिटेड र कीतिपुरस्थित त्रिवि छात्रावासको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदनमाथि छलफल भएको थियो । अनुगमनका क्रममा औषधि उत्पादन कक्षको करिडोरमा पानीको बोतल सफा गरिने र बोतल भर्ने पुराना मेसिन अलपत्र रहेकाले उत्पादन कक्षको भित्री वातावरण सन्तोषजनक नपाइएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी कीर्तिपुरस्थित त्रिवि छात्रावासको अवस्था र व्यवस्थापन पक्ष अन्यन्त कमजोर रहेको, विद्यार्थीका लागि बसोबास र अध्ययनका लागि उचित वातावरण नरहेको, स्वच्छ पिउने पानी र खानाको मेस दयनीय रहेको प्रतिवेदनमा उल्लेख छ । खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण विभागमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहितको संसदीय टोलीले औषधि लिमिटेड र छात्रावासको स्थलगत निरीक्षण गरेको थियो ।

बैठकमा विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्राचार्य प्रा डा अक्कलदेव मिश्रले छात्रावासलाई व्यवस्थित बनाउँदै लैजान विभिन्न सुधार सुरु गरिएको स्पष्ट पारे । छलफलमा सांसदहरु रेखा यादव, सूर्यमान तामाङ ९दोङ०, सीता मिजार, रणेन्द्र बराली, सपना राजभण्डारी, रमा कोइराला, अमृतादेवी अग्रहरी, कान्तिका सेजुवाल, रामशङ्कर यादव र मङ्गलप्रसाद गुप्तालगायतले औषधि लिमिटेडको उत्पादन गुणस्तरीय बनाउन र व्यावसायिक क्षमता विस्तार गर्न तथा छात्रावासको भान्छा तथा खाद्यवस्तुको गुणस्तरमा तत्काल सुधार गर्नुपर्ने