Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
फर्मा

ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक

२० पुष २०८१ ०९:०७
 ललितपुर, आपत्कालीन अवस्थामा ताजा रगत खोज्न सहजीकरणका लागि ‘ब्लड फर मी’ ‘एप्स’ सार्वजनिक गरिएको छ ।  ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा ललितपुरको विशेष अधिवेशनका अवसरमा आज यहाँ बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले एप्स सार्वजनिक गरे ।
मन्त्री महर्जनले मानवीय सेवासँग जोडिएको रक्तदानलाई व्यवस्थित बनाउन र आपत्कालीन अवस्थामा रगतको अभाव पूर्ति गर्न प्रविधिको प्रयोगले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले रक्तदान जस्तो महान् कार्यलाई बढावा दिन जनचेतनामूलक क्रियाकलाप अगाडि बढाउनुपर्नेमा जोड दिए । “हाम्रा सबै धर्मको मर्म मानवीय सेवा नै भएकाले रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट कार्यका रूपमा सम्मानका साथ प्राथमिकता दिएर अगाडि बढाउनुपर्छ । सबै संस्थाले एकीकृत ढंगले क्रियाशील भएर बिरामीलाई निःशुल्क रगत दिने व्यवस्थाअनुसार क्रियाशील हुन ध्यानाकर्षण गराउन चाहन्छु ।”
उनले सरकारी सेवालाई ‘डिजिटलाइज’ गर्ने क्रममा नागरिकको सहज पहुँचलाई ध्यानमा राखेर प्रदेश सरकार अगाडि बढिरहेको बताए । विज्ञान र प्रविधिको युगमा ‘टेलिमेडिसिन’को माध्यमबाट उपचार गर्ने प्रविधिको विकास र विस्तार गरी जनतालाई राम्रो र प्रभावकारी सेवा दिन सरकार प्रयासरत रहेको मन्त्री महर्जनको भनाइ थियो ।
नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाका अध्यक्ष बाबुराजा महर्जनले बिरामीहरुलाई सहज र स्वच्छ रगत उपलब्ध गराउन संस्थाले निरन्तर योगदान दिने बताए । उनले आफूहरूसँग तीन सय सङ्घसंस्था प्रत्यक्ष रूपमा जोडिएको जानकारी दिँदै स्वयंसेवी रक्तदाताहरुलाई निरन्तर हौसला प्रदान गर्न सबैको सहयोग आवश्यक रहेको धारणा राखे ।
जिल्ला जनस्वास्थ्य कार्यालयरको समन्वयमा ललितपुरको पाटन अस्पताल र बज्रवाराही प्रदेश अस्पताललाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाएको अध्यक्ष महर्जनले जानकारी गराए । ‘ब्लड फर मी’ एप्लिकेसनका निर्माणकर्ता साजन महर्जनले रगतको आवश्यकता परेको समयमा खोजीका लागि भोग्नुपर्ने कठिनाइ तथा समस्या समाधान गर्दै स्वस्थ रगत सजिलै उपलब्ध हुने अवस्था सृजना गर्न प्रविधिको विकास गरेको बताए ।
ब्लोदान काठमाडौँका अध्यक्ष तिलकबहादुर अधिकारी, जिल्ला शाखा ललितपुरका संस्थापक अध्यक्ष राजेन्द्र महर्जन, उपाध्यक्ष मदन श्रेष्ठले वर्तमान समयमा रक्तदानको महत्व, रक्तदानमा विभिन्न सङ्घसंस्थाको सहभागिताको आवश्यकता र औचित्यताको बारेमा चर्चा गरे । कार्यक्रममा स्वयंसेवी रक्तदाता ब्लोदानका केन्द्रीय सदस्य साधुराम महर्जनलाई सम्मान गरिएको थियो ।