Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
फर्मा

अवैध रुपमा संचालनमा रहेको औषधी पसलमा तलाबन्दी

१६ फाल्गुन २०८१ २१:४८

रौतहट । रौतहटको चन्द्रपुरमा रहेको केही औषधी पसल अवैध रुपमा संचालनमा रहेको पाइएको छ । औषधी व्यवस्था बिभागको शाखा कार्यालय वीरगंजबाट आएको अनुगमन टोलीले अनुगमनका क्रममा फेला परेको हो ।

अनुगमन टोलीले चपुर सिटी अस्पतालको औषधी पसल, डल्फीन फार्मेसी, आयु मेडिकल हल अवैध रुपमा संचालनमा रहेको पाइएपछि तालाबन्दी गरेको हो ।

यस्तै हाईवे ट्रमा सेन्टरमा रहेको औषधी पसलमा पनि ताला लगाएको छ । फार्मेसीको दर्ता नभएको र आवश्यक कागजपत्र देखाउन नसकेपछि ताला लगाएर अनुसन्धानको लागि संचालक लाई बिभागमा हाजिर हुन भनिएको शाखा कार्यालय बिरगंजका प्रमुख अरबिन्द बानियाले जानकारी दिए । उनीहरुलाइ औषधी ऐन २०३५ अनुसार कारवाही हुने उनको भनाइ छ ।