Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
फर्मा

अवैध रुपमा संचालनमा रहेको औषधी पसलमा तलाबन्दी

१६ फाल्गुन २०८१ २१:४८

रौतहट । रौतहटको चन्द्रपुरमा रहेको केही औषधी पसल अवैध रुपमा संचालनमा रहेको पाइएको छ । औषधी व्यवस्था बिभागको शाखा कार्यालय वीरगंजबाट आएको अनुगमन टोलीले अनुगमनका क्रममा फेला परेको हो ।

अनुगमन टोलीले चपुर सिटी अस्पतालको औषधी पसल, डल्फीन फार्मेसी, आयु मेडिकल हल अवैध रुपमा संचालनमा रहेको पाइएपछि तालाबन्दी गरेको हो ।

यस्तै हाईवे ट्रमा सेन्टरमा रहेको औषधी पसलमा पनि ताला लगाएको छ । फार्मेसीको दर्ता नभएको र आवश्यक कागजपत्र देखाउन नसकेपछि ताला लगाएर अनुसन्धानको लागि संचालक लाई बिभागमा हाजिर हुन भनिएको शाखा कार्यालय बिरगंजका प्रमुख अरबिन्द बानियाले जानकारी दिए । उनीहरुलाइ औषधी ऐन २०३५ अनुसार कारवाही हुने उनको भनाइ छ ।