Trending
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको उल्लेख गरेका छन्…     |     राप्ती प्रादेशिक अस्पतालः एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित     |     नसर्ने रोग र लैङ्गिक विभेद एवं यौन दुव्र्यवहारबाट बच्न शिक्षकलाई तालिम     |     चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला     |     स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्धता गर्न गाउँ/नगरपालिकालाई पत्र     |     कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको कार्यकाल सकियो प्रक्रिया विपरित कर्मचारी नियुक्त     |     एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल     |     तीन दिन भित्र काजफिर्ता र सरुवा कार्यान्वयन गर्न मातहतका निकायलाई स्वास्थ्य मन्त्रालय को निर्देशन     |     चिकित्सक विनय र अधिबक्ता मुक्ताको युगल गीत ‘सहीछाप’ सार्वजनिक     |     नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गरिन्छ -मन्त्री पौडेल     |    
Uncategorized

स्वास्थ्य बीमा बोर्डमा अस्थायी कर्मचारी थप्ने मन्त्रिपरिषदको निर्णय

२० बैशाख २०८२ १७:५४

काठमाडौं, २० वैशाख ः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन गर्न जनशक्ति अभावमा देखिएको समस्या हल गर्न अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ ।
गत बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट बोर्डका लागि चार सय दुई जना जनशक्ति थपिने भएका छन् । बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लगेका थिए ।
हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्यांकन सकिएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्रै बाँकी दाबीमा मूल्यांकन सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे ।
मन्त्रीपरिषदको निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा एक सय २९, गेटा अस्पताल धनगढीमा एक सय ४१ तथा डडेलधुरा अस्पतालमा तीन सय १३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।
यसले ती अस्पतालहरुले सञ्चालनमा खेपिरेहको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘संगठन तथा व्यवस्थापन संरचनाको काम नसकिंदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालहरुमा सहजता आउने विश्वास गरिएको छ,’ उनले भने ।