Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
नर्सिङ

पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम

७ फाल्गुन २०८२ २०:३३

काठमाडौँ, ७ फागुन  : सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत बच्चादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।
मोरङको इटहरी उपमहानगरपालिका, महोत्तरीको बर्दिवास नगरपालिका, काठमाडौँको चन्द्रागिरी नगरपालिका, स्याङ्जाको बालिङ नगरपालिका र बर्दियाको बारवर्दिया नगरपालिकामा संचालन गरेको कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्य सेवा विभागका नसिंङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरादेवी निरौलो जानकारी दिइन् ।
ति नगरपालिकाको प्रत्येक वडामा एक जना नर्सले खटिई स्थानीयको स्वास्थ्य सम्बन्धी पूर्ण तथ्याङ्क सङ्लन, स्वास्थ्य अवस्था लगायतका विवरण सङ्कलन गर्दै सचेतना फैलाउने काम गर्ने उनले बताइन् ।
“घरदैलो कार्यक्रममा नर्सहरु प्रत्येक घरमा गई बच्चा आमाको पेटमा हुँदादेखि ज्येष्ठ उमेरका नागरिकको स्वास्थ्य चेकजाँचसम्मको डिजिटल प्रोफाइल तयार गरिन्छ, ” उनले भनिन् , “ति व्यक्तिको स्वास्थ्य जोखिमको आधारमा समय समयमा उपचारात्मक सेवा प्रदान गर्ने गर्दछन ।”
घरदैलोमा पुगेको वेला नर्सहरुले रक्तचापको जाँच, मघुमेह, उच्चरक्तचाप, शरिरको तौल लगायतको परीक्षण गर्ने उनले बताइन् ।
घरमा नै स्वास्थ्य जीवनशैली प्रवर्धन गरि सर्ने र नसर्ने रोग कम गराउन पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई रहेको छ ।
यस्तै नर्सिङ घरदैलो कार्यक्रममा खटिने नर्सले गर्भवती, सुत्केरी, सुत्केशी पश्चात, नवशिशु स्वास्थ्य, वालस्वास्थ्य, किशोर किशारी स्वास्थ्य, वयस्कदेखि ज्येष्ठ नागरिकलाई घरमा गई नियमित स्वास्थ्य परीक्षण र प्राथमिक उपचार समेत प्रदान गर्ने महाशाखा निर्देशक निरौलाले बताइन् ।
यस्तै मानिसलाई मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, मानसिक स्वास्थ्य, स्तन क्यान्सर समेतको जनचेतना फैलाउने छन् ।
यस्तै घरघरमा पुगि नर्सहरुले मानिसको व्यवहार गर्ने, स्वस्थ जीवनशैली र सन्तुलित खाना खान प्रोत्साहन र धुम्रपान तथा मध्यपान निरुत्साहित समेत गर्ने छन् ।
कार्यक्रमले गर्दा बर्दिवास नगरपालिकामा संस्थागत रुपमा सुत्केरी गराउने बढेको महाशाखाका निर्देशक निरौलाले जानकारी दिइन् । उनले अन्य स्थानीय तहमा पनि चाँडै कार्यक्रम लागू गर्ने बताइन् ।