Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
लोकप्रिय

स्वास्थ्य मन्त्रालयको बेरुजु तीन अर्ब भन्दा बढि

१४ जेष्ठ २०८१ १५:१६
काठमाडौँ, १४ जेठ ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु रु तीन अर्ब बेरुजु देखिएको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य मन्त्रालय र मातहतका  निकायतर्फ बेरुजु रु तीन अर्ब ३८ करोड ९७ लाख ५९ हजार देखिएको हो ।
महालेखापरीक्षकको ६१औँ वार्षिक  प्रतिवेदनअनुसार सरकारी कार्यालयतर्फ १७ निकायमा रु २१ करोड ५१ लाख ४५ हजार बेरुजु देखिएकामा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि आठ निकायले रु एक करोड २१ लाख ९६ हजार फछ्र्यौट गरेकाले रु २० करोड २९ लाख ४९ हजार बेरुजु बाँकी रहेको छ । सोमध्ये रु दुई करोड ३२ लाख ९६ हजार म्याद नाघेको पेस्की रहेको छ ।
यस्तै, विगतका प्रतिवेदनमा खरिद योजनाअनुसार खरिद नगरको दरबन्दीअनुसार पदपूर्ति नभएको, असार महिनामा बढी खर्च गरेको, विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार मेडिकल अडिट नगराएको, केन्द्रीय आर्थिक विवरण यथार्थपरक नभएको, सोझै खरिद गरेको, भुक्तानीमा कर कट्टी नगरेको, पारिश्रमिक कर कट्टी नभएको र कोनाल्ट तथा सिटी सेमुलेटर मेसिन यो वर्ष पनि जडान एवं सेवा सञ्चालन नगरेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।
मन्त्रालयबाट छनौट भई छात्रवृत्तिमा गएका विद्यार्थीले सम्झौताबमोजिम कार्य गरे÷नगरेकामा अद्यावधिक लगत नराखेको बेहोराहरूमा सुधार नभएको प्रतिवेदनमा उल्लेख छ ।